आर्थिक दृष्टिकोणले मुलुकको अवस्था गम्भीर, अब सजग हुपर्ने अवस्था आयो : मन्त्री बडु
काठमाडौं , असार २९ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिंड्नुपर्ने अवस्था आएको औंल्याएका छन् ।
बुधबार काठमाडौंमा भएको निर्यात प्रवर्द्धनका लागि नवनियुक्त राजदुत र नियौत व्यवसायीबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सरकारको अपेक्षाअनुसार निर्यात बढ्न नसकेको र अर्थतन्त्र सुधारका प्रयत्नहरु भने भइरहेको उनले जानकारी गराए । मन्त्री बडुले व्यापारघाटा बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै यो अवस्थालाई मध्यनजर गरेर मुलकको आर्थिक अवस्थालाई सुधार्ने काम भइरहेको स्पष्ट पारे ।
उनले सरकारले आफ्नो नीति र कार्यक्रम र बजेटमा पनि अर्थतन्त्रको अहिलेको अवस्थालाई सुधार्ने र मुलुकको बढ्दो आयातलाई व्यवस्थापन गर्ने काममा सरकार लागेको पनि बताए ।
मन्त्री बडुले निर्यातलाई प्रवर्द्धन गर्ने र विदेशी लगानी बढी भन्दा बढी नेपालमा भित्र्याउने काममा सरकार लागि परेको उनको भनाइ रहेको छ ।
साथै राष्ट्रिय उत्पादन र उपभोग बढाउन सके पनि आयातलाई घटाउन सक्ने बडुले बताए ।
प्रतिक्रिया दिनुहोस्