नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं , असार २८ ।    मंगलबार नेप्से केहि सम्हालिएको छ । आज नेप्से सूचक ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स २.०९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले बढेको छ ।

त्यस्तै मंगलबार २२६ कम्पनिको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ७० करोड ७७ लाखको कारोबार भएको छ ।

त्यसैगरी आज सप्तकोशी विकास बैंकको शेयर मुल्यमा सबैभन्दा बढी ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रकचार बैंकको शेयर मुल्य ८.२२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज नया सारथि लघुवित्त कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा अरुण काबेली पावरको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ७ करोड ९५ लाखको कारोबार भएको छ भने गोर्खा फाइनान्सको ७ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्