भुक्तानीमा सरकारको तीब्रता : एकै दिन काट्यो १५ अर्बको चेक

काठमाडौँ, असार २५ । । संघ सरकारले एकै दिन १५ अर्ब रुपैयाँको चेक काटेको छ । हिजो (शुक्रबार) सरकारले १५ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी दिएको हो । आर्थिक वर्षको अन्तिम समय आएकाले सरकारले भुक्तानीलाई तीब्रता दिएको छ ।

चालू आर्थिक वर्षमा सरकारले छुट्याएको १६ खर्ब ३२ अर्ब मध्ये आज सम्म १२ खर्ब १२ अर्ब रुपैंया अर्थात् ७४ प्रतिशत खर्च भएको छ । चालू खर्च ९ खर्ब ३८ अर्ब , विकास खर्च १ खर्ब ७४ अर्ब , वित्तिय व्यवस्थापनमा ९९ अर्ब रुपैयाँ खर्च भएको हो ।

राजश्व तर्फ भने चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा हाल सम्म १० खर्ब रुपैयाँ संकलन गरेको छ । यो अंक लक्ष्यको ८४ दशमलव ७४ प्रतिशत रहेको महालेखा नियन्त्रकको कार्यालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्