आजदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने

काठमाडौँ, असार २५ ।  आज (शनिबार) रातिदेखि बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक खाताबन्दीको क्रममा प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्रणालीहरू आज राति १२ बजेबाट बन्द हुने भएकाले बजेट निकासा तथा भुक्तानी प्रकिया रोकिने भएको हो ।

महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई निकासा रोक्न निर्देशन दिएको छ ।

कार्यालयले हिजो शुक्रबारको निणर्यअनुसार उक्त निर्देशन दिएको हो । अन्तिम दिन सार्वजनिक विदा परेको भए पनि भोलि निकासाको व्यवस्था गर्न समेत कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्