अभिनेत्री नीता र हरिहरले गरे बिहे !
काठमाडौं, असार २४ ।अभिनेत्री नीता ढुंगाना र प्रेमी तथा ज्योतिषी हरिहर अधिकारी शुक्रबार वैवाहिक बन्धनमा बाँधिएका छन् । शुक्रबार काठमाडौंको याक एण्ड यति होटलमा उनीहरुको विवाह भएको हो ।
वैवाहिक कार्यक्रममा निकट फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित थिए । विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए ।अरुलाई भने प्रवेश दिइएको थिएन ।
चार वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले सम्बन्धलाई दाम्पत्य जीवनमा परिणत गरेको हो । उनीहरूको विवाह समारोह दरबारमार्गस्थित याक एण्ड यति होटलमा चलिरहेको छ।
उनीहरूको बिहेमा नजिकको आफन्त र परिवारलाई मात्र बोलाइएको छ। फिल्म क्षेत्रबाट रेखा थापा, अनु शाह, सरोज खनाललगायत सहभागी छन्।
उनीहरूले २६ गते सोही होटलमा रिसेप्सन पार्टी राखेका छन्। रिसेप्सनका लागि ‘गजनी’का भिलेन प्रदीपसिंह रावत पनि आउने चर्चा छ।
बिहेपछि नीता र हरिहर फिल्म ‘ह्रस्व दीर्घ’मा व्यस्त हुनेछन्।























प्रतिक्रिया दिनुहोस्