सर्ट सिनेमा ‘एएनटीभी सर्ट्स’ आयोजना हुने

काठमाडौं, असार २३ ।  नेपाल नेटवर्क टेलिभिजनको आयोजनामा छोटो फिल्म प्रतिस्पर्धा ‘एनएनटीभी सर्ट्स’ आयोजना हुने भएको छ।

‘मेरो कथा, मेरो सिनेमा’ नारासहित हुने प्रतिस्पर्धामा भाग लिन चाहने इच्छुकले कथासारसहित कार्यालयमा सम्पर्क गरेर आवेदन दिन सकिने बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा गरी जानकारी गराइएकाे हाे।

नेपाल नेटर्वक टेलिभिजनका सिइओ दिनेश डिसीले एनएनटिभी सर्टंस कार्यक्रम नेपाली लघुचलचित्रमार्फत आम दर्शकलाई मनोरान्जनका साथै नयाँ चलचित्रकर्मीलाई प्रोत्साहन गर्न आयोजना गर्न लागिएको बताए।

यस कार्यक्रममा सहभागिताको लागि लघुचलचित्र निर्माण गर्न चाहनेले आफ्नो स्क्रिप्टको कथासार अनलाईन मार्फत वा कार्यलयमा उपस्थित भएर दिन सक्ने डिसीले जनाएका छन्।

असार २३ गतेबाट सुरु भएको स्क्रिप्ट दर्ता समय भदौ २५ गतेसम्म रहने छ। नेपाल असोज १ गतेबाट नेटवर्क टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको बिजेताले २ लाख रुपैयाँ पाउने छन्। त्यसैगरी दोस्रो हुनेले १ लाख ५० हजार, तेस्रो हुनेले ५० हजार र उत्कृष्त दशलाई नगद १० हजारसहित प्रमाणपत्र प्रदान गरिने टेलिभिजनले जनाएको छ।

कात्तीक १ गते विजेता घोषणा गरिने उक्त कार्यक्रमहका उत्कृष्ट पाँच लघु चलचित्रकर्मीलाई डीआर मुभिजबाट निर्माण हुने चलचित्र तथा नेपाल नेपाल नेटवर्क टेलिभिजनबाट निर्माण हुने टेलिचलचित्रहरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने टेलिभिजनले जनाएको छ।

अभिनेता सुनिल थापा, निर्देशक दीपेन्द्र के खनाल र अभिनेत्री पूजा शर्मा प्रतिस्पर्धाका निर्णायक छन्।

प्रतिक्रिया दिनुहोस्