चौधरी ग्रुपले भन्यो- बजेट निर्माण प्रक्रियामा हाम्रो चासो र सरोकार छैन

काठमाडौं , असार २२ । चौधरी ग्रुपले बजेठ निर्माण प्रक्रियामा आफ्नो चासो र सरोकार नभएको प्रष्टिकरण दिएको छ ।

बुधबार चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बजेट निर्माणमा आफूहरूको चासो र सरोकार नरहेको स्पष्ट पारेका हुन् ।

बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको जनाउँदै उनले विना आधार केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरूप्रति खेद व्यक्त गरेका छन् ।

‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौं,’ उनले भने , ‘यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौं ।’

प्रबन्ध निर्देशक चौधरीले बजेट निर्माणमा आफूहरूको संलग्नता पुष्टि गर्न चुनौती दिनुभएको छ । साथै यस सम्बन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउनसमेत उहाले आग्रह गरे ।

यस मामिलामा आफूहरूको संलग्नता पुष्टि भए कारबाही भोग्न तयार रहने अवगत गराउँदै उनले संलग्नता पुष्टि नभएमा मिथ्या आरोप लगाउनेहरू कारबाही भोग्नका लागि तयार रहन पनि चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्