हतियारको दौडमा नलाग्ने र रक्षा खर्च कटौति गर्ने राष्ट्रपति पुटिनको प्रतिबद्धता

काठमाडौं  । चौँथो कार्यकालका लागि पुनः निर्वाचित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस हतियारको दौडमा नलाग्ने प्रष्ट पारेका छन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले हतियारको दौडमा नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरे । आफ्नो कार्यकालको मुख्य प्राथमिकता आर्थिक वृद्धि हुने पनि उनले स्पष्ट पारे । सबै मुलुकसँग रचनात्मक वार्ताका लागि रुस खुला रहेको पनि उनले बताएका छन् ।

पुटिन राष्ट्रपतिमा निर्वाचित भएपछि विभिन्न मुलुकले उनलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने फोन मार्फत बधाई दिने कुनै तालिका नरहेको ह्वाइट हाउसले जनाएको छ । यता चीनका राष्ट्रपति सी चिनफिङले भने चीन र रुसको सम्बन्ध इतिहासकै उच्च तहमा रहेको बताएका छन् । पुटिन सन् १९९९ देखी राष्ट्रपति वा प्रधानमन्त्रीका रुपमा सत्ताको केन्द्रमा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्