शेयर बजार राताम्मे, ४६ अंकको गिरावट

काठमाडौं, असार २१ ।  नेप्सेमा मंगलबार ४६.०८ अंकको गिरावट आएको छ । आज नेप्से सूचक ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा पुगेको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ८.७१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ३.१६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२५ अंकले घटेको छ ।

त्यस्तै मंगलबार २२९ कम्पनिको ८६ लाख १३ हजार ४८९ कित्ता शेयर कारोबार हुदा कुल २ अर्ब ९६ करोड ८४ लाखको कारोबार भएको छ ।

आज सीवाइसी लघुवित्त कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने एन्गाडी पावरको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज घलेम्दी हाइड्रो को शेयर मुल्य सबैभन्दा बढी ६.६० प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा सानिमा बैंकको प्रमोटर शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ३० करोड २० लाखको कारोबार भएको छ भने अरुण काबेलीको ११ करोड ८२ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्