रुस-युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थपियो : गभर्नर अधिकारी
काठमाडौँ, असार १६ । पछिल्लो समय नेपालको अर्थतन्त्र संकटमा परेको छ । हल्ला त यतिसम्म छ की नेपाल श्रीलकां जस्तै हुन्छ भन्ने ,तर यस्तो हुनुमा कसलाई दोष दिने त ? यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने कोरोना महामारीपछि रुस(युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् ।
बुधबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघको नव निर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले कोरोना महामारीपछि रुस(युक्रेन युद्धको विश्वभर परेको असरले नेपाल समेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् । गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखा परेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए ।
उनले अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए । उनले मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि उल्लेख गरे । गभर्नर अधिकारीले चार्टर्ड एकाउण्टेन्ट्सहरुले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको जिकिर गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनैपनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टर्ड एकाउण्टेन्ट्स संघ तयार रहने बताए । उनले चार्टर्ड एकाउण्टेन्ट्सहरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समधान गर्न सकिने बताए
। अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्