नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, , असार १४ । नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । आज नेप्से सूचक ११.८२ अंकले घटेर १९२१.३१ विन्दुमा पुगेको हो । मंगलबार सेन्सेटिभ इन्डेक्स ३.२२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.७५ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ ।
त्यस्तै मंगलबार २३० कम्पनिको ३० लाख ३७ हजार ६८० कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ५ करोड ८२ लाखको कारोबार भएको छ ।
आज सीवाइसी लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य ७.७४ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज लक्ष्मी इक्विटी फन्डको शेयर मुल्य सबैभन्दा बढी ५.७३ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका कम्पनिहरुमा एशियन लाइफ इन्सुरेन्सको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ७ करोड ३१ लाखभन्दा बढीको कारोबार भएको छ भने लाइफ इन्सुरेन्स कर्पोरेसनको ५ करोडभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्