नेप्सेमा ३१ अंकको गिरावट

काठमाडौं , असार ८ ।   नेप्सेमा बुधबार गिरावट आएको छ । आज नेप्से सूचक ३१.२१ अंकले घटेर १८९३.५३ विन्दुमा पुगेको हो ।

बुधबार सेन्सेटिभ इन्डेक्स ५.९४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.२५ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.२० अंकले घटेको छ ।

त्यस्तै बुधबार २२९ कम्पनिको ३० लाख ३४ हजार ४८३ कित्ता शेयर कारोबार हुदा कुल ८४ करोड ३७ लाखको कारोबार भएको छ ।

आज ग्लोबल आईएमई समुन्नत स्किम र आधिखोला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल इक्विटीको शेयर मुल्य ४.२१ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज युनाइटेड मोदी हाइड्रो कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ६.४८ प्रतिशतले घटेको छ भने हिमाल दोलखा हाइड्रोको शेयर मुल्य ५.६२ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा नबिल बैंकको शेयरको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्