इन्धनको मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण भएको छ : मन्त्री बडू
काठमाडौं, असार ७ । सरकारले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ । एकाएक मुल्य बढाएको भन्दै अहिले जनताले यसको विरोध पनि गरिरहेका छन् ।
यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भने इन्धनको मूल्य बढाउँदा पनि आयल निगम घाटामा रहेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले इन्धनको मूल्यवृद्धिबारे उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीअनुसार नै मूल्य समायोजन गरिएको उनको भनाइ रहेको छ । यसमा सरकारको ध्यानाकर्ष भएको पनि उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्