नेप्सेमा ३७ अंकको गिरावट

काठमाडौँ , असार ५ ।  आइतबार नेप्सेमा गिरावट आएको छ । आज नेप्से ३७.२७ अंकको गिरावटपछि १९३४.११ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ७.२९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.५८ र सेन्सेटिभ फ्लोट इन्डेक्स २.५२ अंकले घटेको छ ।

त्यस्तै आइतबार २२३ कम्पनिको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब १३ करोड ४० को कारोबार भएको छ ।

आज आधिखोला लघुवित्तको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ भने प्रभु लाइफ इन्सुरेन्सको मुल्य ४.०५ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज रिभर फल्स पावरको शेयर मुल्य ९.५६ प्रतिशतले घटेको छ भने बलेफी हाइड्रोको ८.१९ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज १० करोडभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्