गायक गणेश अधिकारीको आवाजमा रहेको नयाँ कोसेली “भाग्यरेखा” सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार ४ । निकै नै मिठो आवाजका धनी गायक गणेश अधिकारीको सुमधुर आवाजमा रहेको नयाँ लोकदोहोरी गीत “भाग्यरेखा” सार्वजनिक भएको छ । गीत भर्खेरै मात्र बजारमा आएको हो ।

श्याम सेन्चुरी र बिकाश जी।एम ले आफ्नो संयुक्त प्रस्तुतिको रुपमा “भाग्यरेखा” बोलको गीत सार्बजनिक गरेका हुन् । गीत योगशना डिजिटल नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

गीतलाई लय मोहन बि।क ले तयार पारेका हुन् भने शब्द श्याम सेन्चुरी र बिकाश जी।एम को रहेको छ । गीतमा गणेश अधिकारी ,मोहन बि.क र कमला पोख्रेलको सुमधुर आवाज रहेको छ ।

गीतको म्युजिक भिडियोमा गायक अधिकारी , शुस्मिता गिरी र सबिता पौडेलको अभिनय देख्न सकिन्छ । गणेश अधिकारी द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठ र सम्पादन शिव पौडेलले गरेका छन् ।

उक्त गीत बजारमा आएसँगै अहिले टिकटकमा पनि निकै नै भाइरल भएको छ भने दर्शकले पनि गीतलाई निकै नै रुचाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्