एसपीपीबारे ओलीको प्रष्टीकरण- सेनापति आफैँले लेखेको रहेछ, कसैलाई थाहा भएन

काठमाडौं, काठमाडौं, असार ३ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि नेपाली सेनाले पत्र लेख्दा आफूलाई जानकारी नदिइएको दाबी गरेका छन्।

तत्कालीन प्रधानसेनापतिले राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेख्दा आफूलाई जानकारी नगराएको दाबी ओलीको  छ। यद्यपि उक्त पत्रको बोधार्थ परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयलाई दिइएको छ। यस्तै पत्रको सुरुमा नै ‘सरकारको अनुमतिले भन्ने उल्लेख छ।

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वार्टरमा पठाएको ओलीको दाबी छ।

‘हामीलाई कतै पनि बताइएन। असोज २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते सपथ लिएँ। तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्,’ ओलीको दाबी छ,

‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो। परराष्ट्र मन्त्रालयको काम होला। तर प्रधानसेनापति आफैंले लेखेको रहेछ। जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु। तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो।’

“हामीलाई कतै पनि बताइएन । २०७२ असोज २४ गते निर्वाचित भएँ । २५ गते मैले शपथ ग्रहण गरेँ । तर, १० गते त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी एम्बेसीलाई पत्र लेखेको रहेछ । मन्त्रीस्तरबाट क्याबिनेटले यो निर्णय गरेको हुँदा अघि बढाइपाउँ भनेर एम्बासडरलाई पत्र लेखेको रहेछ । सामान्यतयाः प्रधानसेनापतिले त्यसरी पत्र लेख्दैनन्,” उनले भने, “रक्षा मन्त्रालयको काम हो त्यो । परराष्ट्र मन्त्रालयको काम होला त्यो । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकि म त्यो पन्ध्र दिनअघि प्रधानमन्त्री भइसेकेको रहेछु । मलाई त्यो कुरा बताइएन । ”

उनले त्यो कुरा गुपचुप नै राखिएको बताए । त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला फेरि पत्र लेखिएको बताए ।

“एम्बेसीलाई प्रधानसेनापतिले पत्र लेखेको रहेछ । त्यो कसैलाई थाहा भएन । त्यो कुरा गुपचुप नै राखियो । प्रचण्डजी नै प्रधानमन्त्री भएको बेला २०७४ साल वैशाख २४ गते राजेन्द्र क्षेत्रीले नै अमेरिकी प्यासिफिक कमाण्डलाई पहिलेको कुरा अघि बढाउनुपर्यो भनेर पत्र लेख्नुभएको छ,” उनले भने ।

त्यसैगरी उनले आफ्नो सरकारको बेला तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले इन्डोप्यासिफिकको कुरा उठाएपछि प्रदीप ज्ञवाली पराष्टमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री रहेका बेला छानबिन समिति गठन गरिएको बनाएको बताए ।

समितिले उपयुक्त नहुने बताएपछि सैन्य गठबन्धनमा सामेल नहुने भन्दै च्याप्टर क्लोज भएको बताए ।  अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको क्याम्प बनाउने गरी बनाएको ड्राफ्ट कहाँबाट आयो भन्ने छलफल हुनुपर्ने बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले आरोप लगाए।

आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीको दाबी छ।

प्रतिक्रिया दिनुहोस्