आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, ६ माघ । संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बस्दै छ ।
बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम सङ्घीय संसद्मा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७९र०८० का सम्बन्धमा छलफल हुनेछ ।
आज दिउँसो २ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा महान्यायाधिवक्तासँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्