विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, असार ३ ।  विन्ध्यवासिनी हाइड्रोपावरको आइपीओ आज शुक्रबार (असार ३ गते) बाँडफाँट भएको छ ।

यसमा गोलाप्रथामार्फत १ लाख ३६ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १७ लाख ९१ हजार ८९५ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ८४ जनाको आवेदन भने रद्द भएको थियो ।

विन्ध्यवासिनीले जेठ २० गतेबाट २५ गतेसम्म सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता सेयर खुला गरेको थियो । कुल १५ लाख कित्तामध्ये ५% अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र ४% अर्थात् ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।

साथै, विन्ध्यवासिनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्