पुँजी बजार सुधार तथा अध्ययनका लागि ४ सदस्यीय कार्यदल गठन
काठमाडौं, २ असार। अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका लागि विभिन्न उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
धितोपत्र बोर्डका कार्यकारी निर्देशक कार्यदलको संयोजन गर्ने गरी अर्थमन्त्रालयबाट एक जना उपसचिव कार्यदलमा सदस्य तोकिनेछन् । यस्तै राष्ट्र बैंक अर्का एक जना सदस्य पनि समितिमा रहनेछन् । कार्यदलको सदस्यसचिव बोर्डकै एकजना सदस्य भएको छ ।
पुँजी बजार वित्तीय क्षेत्रमा देखिएको वर्तमान समस्या समाधानका लागि अध्ययन गरेर सुझाव पेश गर्नेगरी कार्यदल गठन गरिएको र यसले पूर्णता भने नपाएको नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिए । ‘पुँजी बजार र वित्तीय क्षेत्रको वर्तमान अवस्थाबारे अध्ययन गर्नेभनिएता पनि कार्यदलले पूर्णता भने पाएको छैन । निर्देहक केसीले बैठक अघि कार्यदलले पूर्णता पाउँने बताए ।
यस्तै पुँजी बजार सुधारका लागि विभिन्न मागहरु राखेर लगानीकर्ताहरु आन्दोेलनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्