गायक शेर बहादुर आर्चाय गाइनेको नयाँ गीत बजारमा आउने तयारीमा !

काठमाडौं, जेठ ३१ । लोक तथा दोहोरी गायक तथा संचारकर्मी शेर बहादुर आर्चाय गाइनेको नयाँ गीत केहि दिनमै बजारमा आउने भएको छ ।

अहिले उक्त गीतको बाँकी रहेको काम चलीरहेको उनले बताएका छन् । सुमधुर आवजका धनी गायक आर्चायको यो गीत लामो समय पछि बजारमा आउन लागेको हो । यस कारण पनि उनले आफ्ना स्रोता दर्शकलाई माया गरिदिन आग्रह पनि गरेका छन् ।

उनको नयाँ गीत दुल्लु दरबार बजारमा आउने तयारीमा रहेको हो । गीतमा स्वर आचार्य गाइने र सुनिता बुढा क्षेत्रीको रहेको छ भने संकलन पनि शेर बहादुर आचार्य गाईने कै रहेको छ ।

गीतमा अभिनय मान सिं खड्का र सुनिता बुढा क्षेत्रीको देख्न सकिन्छ भने गीतको निर्देशक मान सिं खड्काले गरेका हुन् । गायक आर्चायको नयाँ गीत दुईदिन पछि बजारमा आउने भएको छ ।

उक्त गीतको शब्दहरु पनि निकै नै उत्कृष्ट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्