आज पनि दोहोरो अङ्कले घट्यो नेप्से
काठमाडौं, जेठ २७ । शुक्रबार पनि नेप्सेपा गिरावट आएको छ ।
शुक्रबार नेप्से १४.६४ अंकको गिरावटपछि २०४८.१६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ४.३१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.८४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३० अंकले घटेको छ ।
त्यस्तै शुक्रबार २२९ कम्पनिको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर कारोबार हुदा कुल ८९ करोड ४१ लाखको कारोबार भएको छ ।
आज ग्रीन भेन्चर्स र उपकार लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी आज बलेफी हाइड्रोको शेयर मुल्य ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी आज सामुदायिक लघुवित्तको मुल्य ५.७५ प्रतिशतले घटेको छ भने युनिलिभरको शेयर मुल्य ५.२५ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका कम्पनिहरुमा कुमारी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ५ करोड ५ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्