बुधबार बढेको नेप्से विहिबार फेरी घट्यो

काठमाडौं, जेठ २६ ।  बुधबार बढेको नेप्से विहिबार फेरी घटेको छ । विहिबार नेप्से १७.५८ अंकको गिरावटपछि २०६२.८६ विन्दुमा पुगेको छ । बजेटपछि नेप्सेमा लगातार आइरहेको गिरावट आएको नेप्से बुधबार ६० अंकले बढेको थियो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.९९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०८ अंकले घटेको छ ।

त्यस्तै विहिबार २३९ कम्पनिको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ४७ करोड २६ लाखको कारोबार भएको छ ।

आज उपकार लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यसैगरी आज बलेफी हाइड्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज सिंगटी हाइड्रोको शेयर मुल्य ५.३४ प्रतिशतले घटेको छ भने समिट लघुवित्तको मुल्य ५.०३ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा कुमारी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ६ करोड ७४ लाखभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्