नेप्सेमा ६० अंकको सुधार

काठमाडौं, जेठ २५ । लामो समयदेखि ओरालो लागेको शेयर बजारमा कारोबार हुने साताको तेस्रो दिन दोहोरो अंकको सुधार आएको छ ।

बुधबार बजार परिसूचक नेप्से ६०.२२ अंकले बढेर २०८०.४४ विन्दुमा पुग्दा ठूला कम्पनीहरुको परिसूचक नेप्से ११.२५ अंकले बढेर ४००.३७ विन्दुमा उक्लेको छ ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा बुधबार भने १ अर्ब ६४ करोडको कारोबार भएको छ । यस दिन २ सय ३१ कम्पनीका ५० लाख ५ हजार ८ सय १४ कित्ता शेयर किनबेच भयो ।

नेप्से बढ्दा विभिन्न समूहका उपसूचक पनि बढेका छन् । जीवन बीमा समूह २९३.१३ अंकले बढ्दा उत्पादन १५४.७४ र विकास बैंक ११६.३९ अंकले बढेको छ ।

म्यूचल फन्ड र लगानी समूह एक अंकले बढ्दा बाँकी अन्य समूह दुई अंकले बढेको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्