प्रधानमन्त्रीको गभर्नरलाई फोन : भने- लगानीकर्ताको अवस्था गम्भीर भइसक्यो , तुरुन्त सम्बोधन गर्नुस्

काठमाडौं , जेठ २२ । सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै लगानीकर्ताहरू यतिबेला चिन्तित भएका छन् ।

सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि उनीहरु चिन्तित भएका हुन् । यतिसम्म की उनीहरु आन्दोलन गर्ने तयारीमा पुगीसकेका छन् ।

यसैक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरी पुँजी बजारमा देखिएका समस्या तत्काल हल गर्न निर्देशन दिएका छन् ।

आइतबार बालुवाटारमा भएको नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुसँगको छलफलपछि उनले गभर्नर अधिकारीलाई पुँजी बजारमा देखिएका समस्या हल गर्न निर्देशन दिएको संघकी अध्यक्ष राधा पोखरेलले बताइन् ।

साथै, उनले पुँजी बजारको समस्या समाधान गर्ने विषयमा छलफल गर्न नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरु भोली सोमबार नेपाल राष्ट्र बैंक जाने तयारीमा रहेको पनि जानकारी गराइन् ।

शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरूले आन्दोलनमा उत्रिन चेतावनी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्