सेयर बजारः करोडौँ लगानी डुबेको भन्दै लगानीकर्ताहरूले आन्दोलन गर्दै

काठमाडौँ, जेठ २१ । सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् ।

सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि उनीहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

शनिबार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए ।

‘बाल्मिीकी क्याम्पसमा आज हुने छलफल पछि आन्दोलनका कार्यक्रम तय गर्नेछौ भने यसबिचमा माग पुरा नभएमा १ असारबाट म आफै आमरण बस्नेछु’, कोइरालाले भने ।

शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन ।

प्रतिक्रिया दिनुहोस्