‘शमशेर’मा मनिषको निर्देशन, सुनिलको अभिनय

काठमाडौ , जेठ २० । छायांकनको तयारीमा रहेको सिनेमा ‘शमशेर’बाट अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन् । सिनेमाको मुख्य भुमिकामा अभिनय समेत उनले गर्दैछन् । यस्तै सिनेमाको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन् ।

ओस्कार कलेजबाट सिनेमा निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन् । ‘शमशेर’को स्कृप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए । आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडी बढाउने सोचमा राउत छन् । हाल सिनेमाको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन् ।

अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए । सिनेमामा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस प

प्रतिक्रिया दिनुहोस्