नेप्सेमा ३३ अंकको पहिरो
काठमाडौं , जेठ २० । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा ३३ अंकको पहिरो गएको छ ।
बजार परिसूचक नेप्से ३३.७६ अंकले ओरालो झरेर २०७८.७० विन्दुमा झरेको हो । ठूला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७.१८ अंकले घटेर ४०३.४८ विन्दुमा आइपुगेको छ ।
नेप्से घट्दा कारोबार रकममा पनि कमी आएको छ । २ सय २६ कम्पनीका ३८ लाख ४८ हजार ५ सय ८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३० करोड ७३ लाख भन्दा बढीको कारोबार भएको छ ।
सबै समूह राताम्मे भएका छन् । सबैभन्दा कम म्यूचल फन्ड ०.२६ अंकले घट्दा सबैभन्दा बढी जीवन बीमा समूह २३६.६५ अंकले घटेको छ ।
लगानी समूह एक अंक र निर्जीवन बीमा समूह १६७.१५ अंकले घट्दा अन्य समूह दोहोरो अंकले ओरालो लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्