नेप्सेमा १८ अंकको गिरावट
काठमाडौँ , जेठ १९ । नेप्सेमा लगातार गिरावट जारी रहेको छ । विहिबार नेप्से १८.२६ अंकको गिरावटपछि २११२.४७ विन्दुमा पुगेको छ ।
बजेटपछि नेप्सेमा लगातार चौथो दिन गिरावट आएको हो ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.२२ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१९ अंकले घटेको छ ।
त्यस्तै विहिबार २२७ कम्पनिको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ७ करोड १६ लाखको कारोबार भएको छ ।
आज बलेफी हाइड्रोको शेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ । त्यसैगरी आज प्रभु लाइफ इन्सुरेन्सको शेयर मुल्य सबै भन्दा बढी ६.४७ प्रतिशतले घटेको छ ।
आज कारोबार भएका कम्पनिहरुमा माउन्टेन हाइड्रो नेपालको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज १२ करोड १२ लाखभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्