नेप्सेमा लगातार गिरावट

काठमाडौं,जेठ १८ ।  नेप्सेमा लगातार गिरावट जारी रहेको छ । बुधबार नेप्से ७.२१ अंकको गिरावटपछि २१३०.७१ विन्दुमा पुगेको छ । बजेटपछि नेप्सेमा लगातार तेस्रो दिन गिरावट आएको हो ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स १.१७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.४३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२९ अंकले घटेको छ ।

त्यस्तै बुधबार २२७ कम्पनिको ३० लाख २० हजार ६७ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ७ करोड ८४ लाखको कारोबार भएको छ ।

आज मैलुंग खोला जलविद्युतको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोको शेयर मुल्य ९.९४ प्रतिशतले बढेको छ । त्यसैगरी आज सिखर इन्सुरेन्सको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने इन्भेस्टमेन्ट बैंकको शेयर मुल्यमा ७.२५ प्रतिशतको गिरावट आएको छ ।

आज कारोबार भएका कम्पनिहरुमा नेपाल इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज १२ करोड १३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्