लमजुङका अस्पतालमा अब टेलिमेडिसिन सेवा

काठमाडौं  । लमजुङका जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा शुरु हुने भएको छ । आधुनिक प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको हो ।

जिल्लाका स्वास्थ्यकर्मीलाई प्रशिक्षण एवं बिरामी उपचारका लागि टेलिमेडिसिन सेवा शुरु गर्न लागिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौँमा रहेका वरिष्ठ चिकित्सकबाट जिल्ला अस्पताल एवं स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवालाई निरन्तरता दिने जनस्वास्थ्य प्रमुख केशव चापागाईले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयको समन्वयमा जिल्ला सामुदायिक अस्पतालमा टेलिमेडिसिन सेवा परीक्षण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्