घट्यो वृद्धा भत्ताको उमेरहद, अब ६८ वर्षमै !
काठमाडौं, जेठ १५ । सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । अब सरकारले ६८ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने भएको छ।
हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा ६८ वर्ष मा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए ।
भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस्