वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रदान गरिने
काठमाडौं, जेठ १५ । सरकारले आउँदो आर्थिक वर्षमा युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका व्यवसायीलाई सहज ऋणको व्यवस्था गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई च्यालेन्ज फन्ड स्थापना गरि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताएका छन् । ।
यस्तै, युवा उद्यमशीलता स्टार्टप सुरु गर्ने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए । नव प्रबर्द्धन गर्न सुरुवाती पुँजीको लागि ऋण प्रदान गरिने र यसको लागि २६ करोड विनियोजन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्