कृषिबाली र पशुबीमामा ८० प्रतिशत अनुदान, वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने

काठमाडौं, जेठ १५ । सरकारले २०७९ लाई कृषि तथा जैविक विविधता वर्षको रुपमा मनाउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरेको बताएका हुन्।

कृषि बाली र पशुबीमा ८० प्रतिशत अनुदान दिने भएको छ। जसको लागि ७६ करोड विनियोजन गरेका छन्।

उखु किसानलाई उत्पादन वर्ष नै मुल्य उपलब्ध गराइनेछ। नेपाललाई चीनिमा आत्मनिर्भर बनाउने बजेटमा उल्लेख रहेको छ।

यसैगरि अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ३० प्रतिशतका दरले मर्यादित रोजगारी सिर्जना गर्ने बताएका छन् ।

आइतबार संघीय संसद भवनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सो आधारभूत कृषि उत्पादन धान मकै गहुँ तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष आयात न्यूनतम ३० प्रतिशत गर्ने बताएका छन् ।

यस्तै निर्यात दोब्बर बढाउने, अर्को वर्ष आयात २० प्रतिशत गर्ने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने लक्ष्य लिइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्