प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्ब ९० करोड विनियोजन

काठमाडौं, जेठ १५ । अर्थमन्त्री जनार्दन शर्माले अहिले संसदमा आगामी आवको बजेट भाषण गरिरहेका छन्।

नयाँ बजेटले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, उच्च आर्थिक वृद्धि हासिल गर्ने, रोजगारी सिर्जना र गरिबी निवारण गर्ने उद्देश्य राखेको उनले बताए।

साथै मुद्रास्फीति नियन्त्रण, प्रदेश र स्थानीय तहमा साधन र स्रोत बाँडफाँट गरी संघीयतालाई बलियो बनाउने उनले बताएका छन।

यो बजेटले उत्पादन र उत्पादकत्व बढाउने, मानव संसाधान विकास र पुँजी निर्माण, जलविद्युत् उत्पादन विकास, प्रसारणलाइन, पर्यटन क्षेत्रको पुनरुत्थान विपद् जोखिम न्यूनीकरण, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, निर्यात बढाउने कुरालाई प्राथमिकता दिएको बताए।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।

यस्तै, कृषिको रूपान्तरण अभियानमा काम गर्ने प्रदेशलाई पाँच करोडका दरले प्रोत्साहन रकम उपलब्ध गराउने तथा आत्मनिरर्भरताका लागि कृषि उत्पादन कार्यक्रमका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

त्यस्तै आगामाी आर्थिक वर्षमा खाद्यान्न आयात ३० प्रतिशतले कम गराउने भएको छ।

आगामाी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमनत्री जनार्दन शर्माले खाद्यान्न३० प्रतिशत र समग्र आयत २० प्रतिशतले क मगर्ने लक्ष्य रहेको बताएका हुन्। आगामाी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने बताएका हुन्।
भूमिहीनलाई आवास उपलब्ध गराउने , नेपालीलाई निरपेक्ष गरिबीबाट माथि ल्याउने उनको भनाइ छ।

स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव सुचाङ्कमा सुधार ल्याउने योजना रहेको उनको भनाइ छ। यो सूचकांक ० दशमलव ६५ पुर्याउने लक्ष्य रहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्