राजेन्द्र लिङ्देनको प्रश्न : देशको नीति तथा कार्यक्रम यही हो ?

काठमाडौं , जेठ १३ ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ‘देशको नीति तथा कार्यक्रम यही हो ?’ भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा उनले भोटको आधारमा ठूला भएपनि दलहरू जनताबाट धेरै टाढा भइसकेको बताए ।

“प्रधानमन्त्रीले आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने नीति तथा कार्यक्रम ल्याउनुभएछ । मन्त्रीजीहरूको सडकमा ठुल्ठुला सडक बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ?,” उनले प्रश्न गरे ।

उनले बर्खा लाग्दा पैसा तिरेर युरिया मल किन्न नपाउनेहरूको विषयलाई नीति कार्यक्रमले छुन नसकेको भन्दै असन्तुष्टि प्रकट गरे ।

लिङ्देनले प्राथमिकता निर्धारण कसरी हुन्छ भन्ने प्रश्न पनि गरे ।

प्रतिक्रिया दिनुहोस्