नेप्से परिसूचक ८ अंकले बढ्यो

काठमाडौं, जेठ १२ ।  सेयर बजार मापक परिसूचक नेप्से बिहीबार पनि वृद्धि भएको छ। पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ। आज नेप्से ८.०३ अंकले बढेर २२३९.६० बिन्दुमा पुगेको छ।

आज २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ। नेप्से सामान्य अंक बढेपनि बिहीवार कारोबार रकम भने न्यून भएको छ। अघिल्लो कारोबार दिन एक अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ। जसमध्ये बैंकिङ उपसमूह सबैभन्दा बढी ०.९८ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ।

बिहीवारको कारोबारमा मेगा बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, नारायणी डेभलमेण्ट बैंकको ६.२० प्रतिशत बढेको छ। यता, गुराँस लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ। सिंगटी हाइड्रो इनर्जी र माउण्टेन इनर्जीको शेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ।

 

प्रतिक्रिया दिनुहोस्