प्रतिनिधिसभा बैठक बिहीबार बस्दै , नीति तथा कार्यक्रममाथि छलफल हुने

काठमाडौं, जेठ ११ । प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने भएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा सार्वजनिक प्रतिनिधिसभाको सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७९/२०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, दोस्रो सम्भावित कार्यसूचीमा उक्त नीति तथा कार्यक्रमाथि सांसदहरूले संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल हुनेछ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/ २०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममाथि अध्ययन गर्नका लागि बुधबारको समय छुट्याइएको हो ।  बिहीबारदेखि लगातार छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्