आज पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार, कारोबार रकम कति ?

काठमाडौं, जेठ ११ । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ ।

हिजो मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । दुई सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको आठ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि कर्पोरेट विकास बैंक शेयर सबैभन्दा धेरै सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्