कोहलपुर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं,जेठ ८ । बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका पुर्णप्रसाद आचार्य र संगिता सुवेदी विजयी हुनुभएको छ ।

मेयरमा आचार्यले १४ हजार १ सय ५३ र उपमेयरमा सुवेदीले १४ हजार ७४ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

मेयरमा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार खिलप्रसाद भुषालले १२ हजार १ सय ८५ मत प्राप्त गर्नुभयो भने उपमेयरमा एमालेकी अस्मिता चौधरीले १३ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो ।

१ वटा उपमहानगर, १ वटा नगरपालिका र ६ वटा गाँउपालिका गरि ८ वटा पालिका रहेको बाँकेको सबै पालिकाको नतिजा सार्वजनिक भएको छ ।

जसमा कांग्रेसले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकासहित ६ पालिका जितेको छ । त्यसैगरी जसपा र माओवादी केन्द्रले १र१ वटा पालिका जितेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा ४ पालिका जित्दै पहिलो भएको एमाले यसपटक कुनैपनि पालिका जितेको छ्रैन् ।

प्रतिक्रिया दिनुहोस्