अर्थमन्त्रीले संसदमा पेश गरे नयाँ बजेटका सिद्धान्त र प्राथमिकता

काठमाडाैं ,  जेठ ३  |  अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् । उत्पादन वृद्धि र पूर्वाधार विकासलाई बजेटको प्राथमिकता रहने उनले बताए ।

बजेट पेश गर्नुभन्दा १५ दिन अगावै प्रीबजेट छलफल गर्नुपर्ने व्यवस्था रहे पनि ढिला भएपछि संसद नियमावलीको नियम निलम्बन गरेर छलफल शुरू गरिएको हो ।

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि संसदबाट प्राप्त हुने सुझावका आधारमा बजेट ल्याउने उनले बताए । प्रीबजेट छलफलमाथिको छलफल भोलि र पर्सि हुने भएको छ ।

जेठ ७ गते संसदमा सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्