एमालेको विज्ञप्तिबारे कांग्रेस : प्रारम्भिक नतिजाले एमाले आत्तियो

काठमाडौं, जेठ २ ।  नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजाले नेकपा एमाले आत्तिएको जनाएको छ।

सोमबार कांग्रेस प्रवक्ता प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक नतिजाले एमाले आत्तिएको प्रतिक्रिया दिएका हुन्।

यसअघि एमालेले गृह प्रशासनको प्रत्यक्ष संलग्नतामा स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको थियो। त्यसको प्रतिक्रियामा कांग्रेसले प्रारम्भिक नतिजाले एमाले आत्तिएको जनाएको हो।

‘निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मतगणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान)ले नेकपा (एमाले) अत्तालिएको हामीले पाएका छौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्