काँग्रेसले गर्यो चितवनका पूर्व सांसदसहित पाँच जनालाई निलम्बित

काठमाडौं, बैशाख २९ । नेपाली काँग्रेसका चितवनका पाँच जना नेतालाई पार्टीबाट निलम्बन गरेको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार विरुद्ध लागेको भन्दै काँग्रेसले पूर्व सांसद र तरुण दलका पूर्व केन्द्रीय सदस्यसहित पाँच जनालाई निलम्बन गरेको हो ।

काँग्रेस सचिव प्रदीप पराजुलीले एक विज्ञप्ति जारी गरी पूर्व सांसद भीम बहादुर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत, तरुण दलका पूर्व जिल्ला सचिव आन्नदराज राउत र क्रियाशील सदस्य डा केशव पौडेललाई कारबाही स्वरुप निलम्बन गरिएको जानकारी दिए ।

पार्टी विधान र अनुशासन बाहिर गएर कार्य गरेको भन्दै उनीहरुलाई पार्टी सदस्यबाट निलम्बन गरिएको हो । भरतपुरमा पाँच दलीय गठबन्धनबाट माओवादीकी रेनु दाहाल मेयरकी उम्मेदवार छिन् ।

पार्टीले मेयर माओवादी केन्द्रलाई छोडेको भन्दै चितवन काँग्रेसको असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्