नेप्सेमा हरियाली, ५६ अंकले बढ्यो

काठमाडौँ , बैशाख २८ ।  नेप्सेमा बुधबार पनि बृद्धि भएको छ । यस अघि मंगलबार ४४ अंकले बढेको नेप्से आज ५६.०६ अंकले बढेर २३६९.०३ अङ्कमा पुगेर बन्द भएको छ ।

बुधबार बढेको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ९.५२ अंकले बढेर ४५६.६६ अंकमा पुगेको छ । त्यस्तै फ्लोट इन्डेक्स ३.९८ अंकले बढेर १६२.२१ अंकमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ३.४५ अंकले बढेर १४६.४७ अंकमा पुगेको छ ।

नेप्सेमा आज ५३ लाख ३३ हजार १०९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज २२९ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।

बुधबार कारोबार भएका सबै उपसूचकको मुल्य बढेको छ । आज कारोबार भएको हाइड्रो उपसूचकको मुल्य ४.९७ प्रतिशतले बढेको छ भने फाइनान्स उपसूचकको ४.३५ प्रतिशतले बढेको छ ।

बुधबार नेह्स्नल हाइड्रो, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था सहित ६ कम्पनिको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सानिमा डेभेन्चरको शेयर मुल्य सबैभन्दा बढी १.६३ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोको सबै भन्दा कारोबार भएको छ । आज यस कम्पनीको १० करोड ५९ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्