नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौँ , बैशख २६ ।   साताको पहिलो दोस्रो दिन सोमबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ ।

यस अघि आइतबार १८ अंकले बढेको नेप्से आज पनि बढेको हो । सोमबार नेप्से परिसूचक दिनको अन्तिममा १२.२७ अंकले बढेर २२६८.८४ अङ्कमा पुगेर बन्द भएको छ ।

सोमबार सुधार आएको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ३.१२ अंकले बढेर ४३९.४७ अंकमा पुगेको छ ।

नेप्सेमा आज ३३ लाख २४ हजार ८२२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आज २२२ कम्पनीको सेयर खरिदबिक्री भएको छ ।

सोमबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १६७.२० रुपैयाँ बढेर १८ सय ३९.८० रुपैयाँ पुगेको छ । सेयर बजार सूचीकृत भएसँगै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य निरन्तर सर्किट लाग्दै आएको छ ।

त्यस्तै आज हिमालय उर्जा विकासको शेयर मुल्य सबैभन्दा बढी ३.७८ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । नेपाल टेलिकमको आज ७ करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्