अदालतको निर्देशनले हिमालयन बैंकका शेयरधनीलाई राहत
काठमाडौं २०, बैशाख । उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई लाभांश वितरणमा लगाइएको रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका हो।
हिमालयन बैंक र नेपाल इन्भेष्टमन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन जारी गरेको थियो। राष्ट्र बैंकको सो निर्देशन विरुद्ध हिमालयन बैंक उच्च अदालत पाटनमा गएको थियो। अदालतले परमादेश जारी गर्दै लाभांश वितरण नरोक्न निर्देशन दिएको निर्देशनले हिमालयन बैंकका शेयरधनीहरुले राहत पएका छन्।
हिमालयन बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को नगद लाभांश बितरण गर्न सक्ने अवस्था देखिएको हुँदा आवश्यक प्रकृया पुरा गरी नगद लाभांश वितरण गर्न हिमालयन बैंकलाई आवश्यक निर्देशन दिनु अदालतले राष्ट्र बैंकको नाममा जारी गरेको परमादेशमा भनिएको छ।
हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २१.३८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो।















प्रतिक्रिया दिनुहोस्