नेप्सेमा २० अंकको गिरावट

काठमाडौँ  , बैशाख १५ ।   साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचकमा गिरावट आएको छ । विहिबार नेप्से २० अंकले घटेको छ । आज १९.९७ अंकले घटेर नेप्से २३५६.२० विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ४.३२ अंक, फ्लोट इण्डेक्स १.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६३ अंकले घटेका छन् ।

आज २२६ कम्पनीको २८ हजार ९१२ कित्ता शेयर कारोबार हुदा एक अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको जालपा लघुवित्तको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको गुहेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्सको शेयर मुल्य सबै भन्दा बढी ३.९८ प्रतिशतले घटेको छ ।त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको मुल्य घटेको छ ।आज सबै भन्दा बढी विकास बैंक उपसूचकको मुल्य १.७७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज आइएमई जनरल इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ५ करोड २५ लाखभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, हिमालय डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्