नेप्से ५ अंकले बढ्यो, १ अर्बको कारोबार

काठमाडौं, बैशाख १४ ।  शेयर बजार बुधवार सामान्य बढेको छ ।  आज  सेयरबजार ५.१७ अंकले बढेर  हरियो भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार उक्त अंकले बढे पनि नेप्से २४ सय विन्दुमुनि नै रहनपुगेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२८ कम्पनीको २८ लाख कित्ता सेयर बिक्री भएका छन्।आज १ अर्ब ८ करोडको सेयर कारोबार भएको हो।

१३ उपसमूहमध्ये आज लगानी, जीवन बीमा, अन्य उत्पादन, निर्जीवन बीमा, फाइनान्स, जलविद्युत्, विकास बैंक, पर्यटन समूहको सूचक हरियो छ।

आज पनि जाल्पा सामुदायिक लघुवित्तको १० प्रतिशतले सेयर बढ्ने बाहेक अन्य कम्पनीको खासै बढ्नसकेको छैन।

आज गुमाउने लगानीकर्ताले ३.८८ प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्। आज ५ करोडसम्मको अधिकतम कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्