सुनील के.सीको यादमा यसरी बरालिन अनु श्रेष्ठ (भिडियोसहित)

काठमाडौँ । योग्सना डिजिटलको प्रस्तुतिमा गोपाल खत्रीको याद मात्रै बोलको मर्मस्पर्सी लोक दोहोरी गीत बाजारमा आएको छ । गितमा बिष्णु माझी र गोपाल खत्रीको स्वर रहेको छ । सुनील के.सीको शब्द तथा गणेश अधिकारीको लय रहेको छ ।

काजीश श्रेष्ठको कथा तथा निर्देशन मा चर्चित शब्द संकलक सुनील के।सी आफैले अभिनय गरेका छन भने उनलाई अनु श्रेष्ठले साथ दिएकी छिन । भिडियोको सम्पादन दीपक बीष्ट तथा छायांकन अजय रेग्मीको रहेको छ।

त्रिकोणात्मक प्रेम सम्बन्धमा तयार पारिएको गितको भिडियोमा समाजमा प्रेमको लागि मान्छेले के सम्म गर्न पछि पर्देन भन्ने कुरालाई प्रष्ट पारिएको छ ।
खासगरी ग्रामिण समाजमा पारिवारिक द्धन्दले परिवारका अन्य सदस्यलाई कस्तो असर पर्छ र तयसको परिणाम के हुन्छ भन्ने विषयलाई प्रमुखतको साथ उठाइएको छ । छाँयाङकनको क्रममा सुनिल र अनुको संवेदनालाई छर्लङग पारिएको छ ।

https://www.youtube.com/watch?time_continue=670&v=cTMhHm8FOW4

प्रतिक्रिया दिनुहोस्