चिकित्सकको लापर्वाही: परिवार नियोजन गर्दा आन्द्रा काटियो
काठमाडौं । सप्तरीकी एक महिलाको परिवार नियोजनको शलयक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका –५ की २८ वर्षिया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन् ।
परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खाजेकुरा खाँदा वान्ता आउने, पेट फुल्ने समस्या भयो । सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्नँ गरियो ।
तर, चिकित्सकहरुले परिवार नियोजन गर्दा यस्तो समस्या आएको भन्दै रेफर गरिदिए । उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स(रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो।
प्रतिक्रिया दिनुहोस्