शेयर बजार १५ अङ्कले घट्यो, १ अर्बको मात्र कारोबार

काठमाडौं, बैशाख १३ ।  शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । आज  सेयरबजार परिसूचक नेप्से १५.०२ अंकले र सेन्सिटिभ सूचक १.७४ अंकले घटेको हो।

पहिलो कारोबार दिन उच्च अंकले बढेको सेयरबजार यो साताको बाँकी दुई दिन दोहोरो अंकले गिरावट आएको हो।

आज मंगलबार २ सय २८ कम्पनीको सेयर कारोबारमा सामेल भएकामा १ अर्बको कारोबार भएको छ।

आज ३४ लाख कित्ता सेयर बिक्री भएका छन्। १३ उपसमूहमध्ये सामूहिक लगानी कोष, उत्पादनको सूचक हरियो भए पनि बाँकी सूचक राताम्य छन्।

आज जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले बाहेक अरुले खासै कमाउन सकेका छैनन्। उक्त लघुवित्तको भने १० प्रतिशतले सेयर बढेको छ।

गुमाउने लगानीकर्ताले आज ५.४१ प्रतिशतसम्म नोक्सानी व्यहोर्नुपरेको छ। आज कम्पनीहरुको ४ करोडसम्मको अधिकतम कारोबार भएको छ।

पछिल्लो समय नेप्से लगातार ओरालो तर्फ लागी रहेको छ। यस कारण लगानीकर्तामा नैराश्यता छाएको छ।

प्रतिक्रिया दिनुहोस्